पुष्करनाथलाई कारवाहीपछि जिल्ला उपसभापति बम भन्छन्– ‘राजीनामा दिने स्वतन्त्रता छ’ 
2020/07/26, 5:28
 
rajniti

कांग्रेसका नेता पुष्करनाथ ओझालाई पाँच बर्षका लागि निष्कासन गरेपछि नेपाली काग्रेंस कैलालीमा तरंग आएको छ । ओझा निकटका जिल्ला सचिव पुर्ण कुँवरले भेला वोलाएपछि कैलाली काग्रेंस दुई भागमा विभाजन भएको छ । ओझा गुटले भेला वोलाएप्छि नेपाली काग्रेंस कैलालीका उपसभापति प्रकाश बमले पार्टीको अनुशासन उल्लंघन गर्नेलाई नछोडिने बताएका छन् ।

जिल्ला सभापति नरनारायण शाह मनु जिल्ला वाहिर रहेका वेला उपसभापति बमले केन्द्रको कारवाही सिफारिसलाई सहमति गर्दै अनुमोदन गर्ने बताए । ‘कारवाही गर्ने भनेर केन्द्रको अनुसाशन समितिको निर्णय अनुसार सहमति भएको हो । यसलाई हामीले अनुमोदन गर्छौ ।’ उनले भने–‘जिल्ला अनुशासन समिति मार्फत नै गएर कारवाही प्रक्रिया सुरु भएको होला । अव उहाँहरुले सोमवार बैठक वोलाउनुभएको रहेछ । उहाँहरुले के निर्णय आउँछ, त्यसपछि के गर्ने भनेर आधिकारिक धारणा सार्वजनिक गर्छौ ।’

जिल्ला उपसभापति बमले सोमबारको बैठकका वारेमा सुनेको तर आफु लगायतलाई खबर नगरिएको बताए । उनले निर्णय नसच्याएसम्म राजीनामा दिने ओझा निकटका नेता कार्यकर्ताहरुले चेतावनी दिएका वेला त्यो व्यक्तीगत स्वतन्त्रता भएको टिप्पणी गरे । ‘राजीनामा दिने कुरा ईच्छाको कुरा हो । त्यो गर्न पाउने सबैको स्वतन्त्रता छ । तर राजीनामा दिनुको कारण हुनुपर्यो ।’ उनले भने–‘पार्टीको विचार नै नमिलेर जान लाग्नुभएको हो की के हो त्यसका बारेमा पनि बुझ्न जरुरी छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नी आरजु देउवालाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।