
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका छन् । कैलालीको लुम्की चुहा नगरपालिका–२ घर भई धुम्बाराहीका २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सातदो बाटोका डिएसपी मित्रबन्धु शमाले बताए ।

परिवारले दिएको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।
तर सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेका कारण मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15