पुष्करनाथ ओझा गुटको भेला, कति जना थिए सहभागी ? (नामावली सहित)
2020/07/28, 8:49
 
rajniti

नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि कैलालीमा ओझाको गुटको भेला गरिएको छ । महा समिति सदस्य आनन्दराज जोशीले सञ्चालन गरिरहेको धनगढी स्थित विद्या होटेलमा ओझा गुटको भेला भएको हो ।

नेपाली काग्रेंस कैलाली जिल्ला सचिव पुर्ण कुँवरले सामाजिक सञ्जाल मार्फत बोलाएको भेलामा ४१ जनाको सहभागीता रहेको थियो । सो भेलामा कैलाली क्षेत्र नम्बर ५ का आउन सक्ने नेता तथा कार्यकर्ताहरुल मात्रै सहभागी भएको जिल्ला सचिव कुँवरले बताए । 

उनका अनुसार जिल्ला कार्य समितिका पदाधिकारीहरु महासमिति सदस्य, महासमिति प्रतिनिधि, विभिन्न वडा कार्य समिति, क्षेत्र कार्य समितिका पदाधिकारीहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरुका साथै नेपाली काग्रेंसका क्रियासिल सदस्यहरुको सहभागीतामा भेला गरिएको थियो । सो भेलाले पुष्कर ओझालाई राजनितिक प्रतिसोध साट्न कारवाही गरेको निष्कर्ष निकालेको छ ।

ओझा निकटका ४१ जनाको उपस्थितिमा भएको भेलामा सहभागी भएकाहरुले निर्णय फिर्ता गराउन दबाबमुलक कार्यक्रम गर्ने निष्कर्ष निकालेका छन् । पहिलो चरणमा पार्टी सभापति शेरवहादुर देउवालाई ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ । ओझामाथि लगाईएका आरोपहरु झुटो भएको भन्दै भेलाले निर्णय नसच्याए कडा आन्दोलनमा उत्र्रिने चेतावनी दिएको छ ।

ओझालाई कारबाही गर्ने निर्णयका विरुद्ध नेपाली कांग्रेस कैलालीका उनी पक्षीय नेताहरुले सोमबार छलफल गरेका थिए । विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समिक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्नका लागि भेला बोलाईएको थियो ।

ओझा गुटको भेलामा सहभागी भएकाहरुको नामावलीः

2

1