धान खेतीमा झार नाशक विषादीको प्रयोग गर्ने क्रम बढ्दै 
2020/07/28, 7:24
 
dhan

धान खेतमा अनावश्यक रुपमा  आउने झारले उत्पादनमा असर पार्ने भएकोले किसानले  झार नाशक विषादी प्रयोग गर्ने क्रम बढ्दै गएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख लालबिर चौधरीले बताए । झार नासक विषादीको प्रयोगले उत्पादन मान नभई धान खेतमा झार हटाउने जनशक्तिको अभावमा सहजै कम लगानीमा गर्न सकिने भएकोले कृषि लागतमा कमी हुनेको साथै झार निकाल्नु पर्ने समस्या नै नआउने भएकोले झार नासक विषादीको प्रयोग बढेको क्षेत्रीय विउ विजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । 

झार नासक विषादी धान रोप्नेको ५ दिन देखि ३०  दिनको अवधिमा झारको  किसिम हेरी सोहि अनुसार विषादीको प्रयोग किसानले  गर्ने गर्दछन्  । झार नाशक विषादीको प्रयोगले उत्पादन बृद्धि सँगै माटोको उर्भराशक्तिमा समेट प्रभाव नपार्ने भएकोले समयमा झारको पहिचान गरि झार नाशक विषादीको प्रयोग गर्न  सिफारिस  विषादीको प्रयोग गर्नु पर्ने बाली विकास अधिकृत उपाध्याय बताउँछन् ।

झारनाशक विषादीको प्रयोग एक बालीको लागि मात्र प्रभावकारी रुपमा रहने भएकलो अर्को बालीलाई नोक्सान गर्दैन तर यसको प्रयोगले धान खेतीमा ३ महिनासम्म प्रभाव रहन्छ । झार नाशक विषादीको प्रयोगले उत्पादनमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने पराल पशु चौपायाको लागि स्वस्थकर नहुने भएकाले किसानले यसमा ध्यान दिन आवश्यक रहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख चौधरीले बताए ।