
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा अलपत्र परेका भारतीय नागरिकलाई खाना र वासको व्यवस्था गरेका छन् ।

धनगढीमा क्वारेन्टाईनमा वसेकाहरुलाई भारत पठाईएकोमा कैलाली जिल्लाका अन्य स्थानबाट आएकाहरुलाई अध्यक्ष कुँवरले आफ्नो चटकपुरमा रहेको होटेल फ्लोरामा राखेर भारतीय नागरिकलाई खानाको व्यवस्था गरेका हुन् ।

राती एक बजेको समयमा अलपत्र अवस्थामा रहेका ५१ जना भारतीय मजदुरहरु फेला पारेपछि उनीहरुलाई होटेलमा राखेर खानाको व्यवस्था गरेको अध्यक्ष कुँवरले खबरकुञ्जलाई बताए ।
भारतीय मजदुरहरु गेटा मेडिकल कलेज, गुलरियाको तटबन्धनमा काम गर्दै आएका आएका थिए ।