
सुदूरपश्चिमका एक हजार चार हजार १८ जनाको कोरोना परिक्षणको रिर्पोट आउन बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३७ हजार दुई सय ५२ जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन गरिएका एक हजार चार सय १८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । धनगढी प्रयोगशालामा ८ सय ६२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई सय ५३ र डडेल्धुरा प्रयोगशालामा तीन सय तीन जनाको स्वाबको कोरोना परीक्षण बाँकी रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २४ हजार ६ सय ६५ जनाको आरडिटी परीक्षण पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार ६ सय ९२ पुगेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27