बडीमालिका पुजा सकेर तिर्थयात्री फर्किए
2020/08/02, 4:47
 
Malika

सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक स्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक तिन वटै धार्मिक स्थलको पुजा एक साथ आईतबर सकेर तिर्थयात्रीहरु फर्किएका छन् । चतुर्दशीको पुजा सकेर सबै जना जनैपुर्णीमाको पुजा गर्नका लागि बेसी झरेका छन् ।

जिल्ला भित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु, बाजुरा स्थित सरकारी कार्यालयको पुजा टोलि र स्थानीय पर्यटक सहित भक्तजनहरु परम्परा अनुसार बिहीबार मेला भर्न गएकाहरु आफ्नो मनोकांक्ष पुरा हुँने आशा सहित झरेका हुन् ।

बडीमालिका पुजा गर्न डोटी र जुम्लाबाट पेटारो सहित सरकारी पुजाटोली हिडि सकेको छ । अछामको बैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुरुप यो टोली १५ दिन अघि प्रस्थान गर्ने गरेका हुन ।

यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको हो । यस क्षेत्रको अवलोकन गर्ने उद्धेश्यले आन्तरिक तथा बाह्रय पर्यटकहरु समेत यसैबेला बडीमालिका पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीवेती बडीमालिकाका मुख्य आकर्षणहरु हुन् । करिब १४ हजार फिट उचाईमा रहेको भूमिमा रहेका समथर हरिया फाँटहरु, अनि त्यसमाथी फुलेका दर्जनौ प्रजातीका फुलहरुको रमणीयता हेर्दा बडीमालिका साच्चै प्रकृतिको अनुपम उपहार भएको अनुभव हुने यहाँ पुगेकाहरु बताउँछन् ।

औपचारिक पुजाआजा गर्नुपर्ने परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पुजा टोली सहितका तीर्थयात्रीहरु बडीमालिका प्रस्थान गरेका हुन । बडीमालिका पुजाका डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ ।

बाजुराको भूमिबाट बडीमालिका पुग्न तोकिएको स्थानहरुमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यता अनुसार जिल्ला भित्रका तीर्थयात्रीहरु त्यस तर्फ हिडेका हुन् ।

स्थानिय अगुवा तुल्सीराम रोकायाले भनेः‘स्कन्दपुराणमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाने क्रममा मल्लागिरी पर्वतमा सत्यदेवीको बायाँ अङ्ग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्ति पीठको रुपमा स्थापित भएको हो ।’

अर्का स्थानिय युवा मिनप्रशाद जोशीले भनेः‘बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ । प्राकृतिकरुपमा सुन्दर भुमीका रुपमा यसलाई लिईन्छ तर यसको प्रचार प्रशार स हिड्ने बाटो सम्म राम्रो नभएकोले समस्या छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भनेः‘यस बर्ष पनि बाजुरा जिल्ला प्रशासन कार्यालयले सुरक्षा र स्वास्थ्य कर्मीको टोली खटाएको छ । कोभिडका कारण सुरक्षा सतरकता अपनाउँका लागि बिशेष पहल गरिएको छ । शसत्र प्रहरी र जनपथ प्रहरीले सुरक्ष दिने प्रबन्ध मिलाएका थियौं ।’

बाजुरा जिल्लामा पर्ने तिन वटै धार्मीक स्थालमा जाँने बाटो र त्यसको प्रचार प्रसार नहुँदा त्याँहा जाने यात्रुलाई समस्या रहेको छ । यसमा सरकारले समयमा ध्यान दिने हो भने आर्थिक आयआर्जनको राम्रो बाटो हुँने देखिन्छ ।