सुदूरपश्चिमका ३२७६ संक्रमित डिस्चार्ज
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शनिवार थप २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएका  डोटीका १९ र कञ्च्नपुरका सात गरी २६ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार दुई सय ७६ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ५८, अछामका पाँच सय ५६, कैलालीका पाँच सय ५४, कञ्चनपुरका चार सय ९०, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

बाजुरा चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। सुदूरपश्चिममा ५५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालमा २५, टीकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालमा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ। 

सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रमण मुक्त नभएकाको संख्या भने एक हजार पाँच सय १९ रहेको छ। प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ८ सय चार पुगेको छ।