भारतबाट भित्रिएका २१३ धनगढीका क्वारेन्टाईनमा १११ सम्बन्धित स्थानीय तहमा  
2020/05/16, 7:02
 
kmc

गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका ३ सय ७४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । दुई सय १३ जनालाई धनगढी उपमहानगरपालिका क्वारेन्टाईनमा राखिएको हो भने एक सय ११ जनालाई सम्बन्धित स्थानीय तहमा पठाएर त्यही क्वारेन्टाईनमा राखिएको छ । 

भारतका विभिन्न शहरबाट नेपाल आउँदै गर्दा भारत सरकारले सीमा नजिकैको पलियामा क्वारेन्टाइनमा राखका नेपालीहरुलाई नेपाल ल्याईएको थियो । ती सय ७४ जनाको सीमामा आरडीटी टेस्ट गरेर नेपाल प्रवेश गराईएको थियो।

नेपाल प्रवेश गरेकाहरु मध्ये २१३ जनालाई कैलाली बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ भने ६० जनालाई सीमा नजिकैको नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।

एक सय ११ जनालाई स्थानीय तहका प्रतिनिधिको जिम्मामा लगाएर शुक्रवार  राति नै सम्बन्धित स्थानीय तहमा पठाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।  त्यस्तै, नेपालतर्फ रहेका आठ सय ५० भन्दा बढी भारतीयलाई भारत फर्काइएको छ ।