
५० हजार धरौटी बुझाउन नसकेपछि विप्लव समूहका नेता ओम पुन कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीले आज उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए । कटुवा पेस्तोल र गोली सहित प्रहरीले पुनलाई असार ३१ गते पक्राउ गरेको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12