सुदूरपश्चिममा पनि नेकपाको शक्ति संघर्षको असर
2020/08/11, 9:32
 
Rajniti

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड ’ बीच जारी शक्ति र सत्ता संघर्षका बीच सुदूर पश्चिममा दुबै पक्षबीच धु्रबिकरण तिब्र भएको छ ।

सत्ता संघर्षसंगै शुरु भएको धु्रविकरणले सुदूरपश्चिममा पूर्व एमाले र माओवादीका बिगतका समीकरणहरु भत्किएका छन् ।

पार्टी भित्र जारी शक्ति संघर्षका बीच सुदूर पश्चिमका मुख्यमन्त्री सहित अधिकांश प्रदेश सांसद र नेकपाका नेताहरु काठमाण्डौं पुगेर गुटगत भेला समेत गरेर फर्किसकेका छन्  ।

योबीच काठमाण्डौं पुगेका प्रचण्ड–माधव पक्षधर नेताहरुले छुट्टै भेला आयोजना समेत गरेनन । उनीहरुले प्रचण्ड र माधव नेपाल सहितका नेताहरुलाई सामूहिक रुपमा समेत भेट गरे ।

त्यस्तै अध्यक्ष ओली पक्षधर नेताहरुको पनि छुट्टै भेला भयो । उनीहरुले पनि ओलीलाई भेटेर सुदूर पश्चिममा आफ्नो समूहको उपस्थितिका बारेमा जानकारी गराए ।

प्रचण्डसंगको भेटमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहितका नेताहरुले सुदूरपश्चिममा माओवादीधारको नेतृत्व नेकपा सुदूरपश्चिम ईञ्चार्ज खगराज भट्टले गर्ने मात्र बताएनन । भेटमा मुख्यमन्त्री भट्ट लगायतले नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्टको बिरोध समेत गरे ।

मुख्यमन्त्री भट्टले त लेखराज भट्टको हस्तक्षेपका कारण सुदूर पश्चिम सरकारले काम गर्न नसकेको समेत आरोप लगाएको भेलामा सहभागी एक नेताले बताए । उनले भने, मुख्यमन्त्री भट्टले प्रदेश सरकारले काम गर्न नसक्नुको दोष लेखराजमाथि थोपरे ।

प्रचण्डलाई भेट गर्ने सबै पूर्व माओवादीका नेताहरु मात्र थिए । त्यहाँ पूर्व एमालेका नेताहरु थिएनन ।
सुदूरपश्चिमका आफ्ना पक्षधर नेताहरुसंगको भेटमा प्रचण्डले लेखराज भट्ट आफूसंग अनाहकमा रिसाएको समेत गुनासो गर्न भ्याए ।

प्रचण्डले धनगढीमा आयोजित नेकपाको भेलामा सुदूरपश्चिमको नेकपाको कमाण्डर भीम रावल भएको बताएपछि लेखराज भट्ट प्रचण्डसंग रिसाएका थिए ।
लेखराज भट्ट सोही दिनदेखि प्रचण्डसंग टाढिएका हुन् । 

प्रचण्डले सुदूरपश्चिमका पूर्व माओवादी नेताहरुको छलफलमा आफूबाट बोल्ने क्रममा कमजोरी भएको मात्र स्वीकार गरेनन । 

मैले बोल्न नहुने कुरा बोले । तर यति गम्भिर रुपले लेखराज जीले लिन्छन भन्ने सोचेन । नेताहरुसंगको भेटमा प्रचण्डले भने, मैले पटक पटक लेखराजजी संग सम्पर्क गर्ने कोसिस गरे । तर उहाँ सम्पर्कमा नै आउन चाहनु भएन ।

लेखराजले पूर्व माओवादी क्याम्प छोडेपछि अव सुदूरपश्चिमको पूर्व माओवादीको नेता खगराजलाई बनाउनु पर्ने अधिकांशको भनाई थियो ।

प्रचण्डसंगको छलफलमा मुख्यमन्त्री भट्टसंगै, केन्द्रीय सदस्य बीरमान चौधरी, शरदसिंह भण्डारी, टीएम स्वाँर, खगराज भट्ट, रेणु चन्द, हरी ज्ञवाली लगायतका नेताहरु सहभागी थिए ।

त्यसैगरी नेकपा अध्यक्ष ओली समर्थकहरुले समेत ओलीलाई भेटेर सुदूर पश्चिममा आफ्नो प्रक्षको प्रभाव र अवस्थाका बारेमा जानकारी दिएका थिए ।

ओली पक्षधरहरुको काठमाण्डौंमा भएको भेलामा ५० जना भन्दा बढि सहभागी थिए । जसको नेतृत्व लेखराज भट्टले गरेका थिए । भेलामा नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, भैरव बहादुर सिंह, लाल बहादुर थापा, गणेश ठगुन्ना, सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा भानुभक्त जैसी, बिक्रम शाही, राजेन्द्र रावल, ओम बिक्रम भाट, दीपक साउँद तरंग समेत सहभागी थिए ।

भेलामा प्रचण्ड –माधव समूहका समर्थकहरुलाई समेत बोलाईएको थियो । तर केही नेता हलभित्र प्रवेश त गरे । तत्काल त्यहाँबाट निस्किहाले । यसरी निस्किनेमा बीरमान चौधरी थिए । माधव समूहका तारा लामा तामाङ भने अन्तिम समयसम्म छलफलमा सहभागी भए ।

उक्त भेला ओली समर्थकहरुको भेला भन्दा पार्टी एकताका पक्षमा रहेको स्रोतले बतायो ।

त्यहाँ फरक गुटका लाई निषेध गरिएको थिएन । बरु सबै गुट र समूहकालाई बोलाईएको थियो, भेलामा सहभागी एक नेताले भने, पार्टी फुट्न दिन नहुने र पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा त्यहाँ सहभागी नेताहरुले जोड दिएका थिए । यद्दपि कतिपय साथीहरु डरले पुरै समय बस्नु भएन ।

छ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्री परिवर्तन गरिने–प्रचण्ड

सुदूर पश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट समेतको छलफलमा नेकपा अध्यक्ष प्रचण्डले चाडै छ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु फेरिने बताए ।

प्रचण्डको भनाई उधृत गर्दै छलफलमा सहभागी पूर्व माओवादीका एक नेताले भने, प्रधानमन्त्री नै परिवर्तन हुन्छन त भन्न सक्दैन । केन्द्रीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री सबै परिवर्तन हुन्छन । 

तर त्यसका लागि केही समय लाग्ने प्रचण्डको भनाई थियो । 

प्रचण्डले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग सहमतीका लागि प्रयास भईरहेको र छिट्टै सहमतीमा पुग्ने आश्वासन समेत दिए ।