नेपाल ट्रेड युनियन कांग्रेस गौरीगंगा नगर कार्य समिति गठन
2020/08/13, 8:31
 
rajnoto

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको गौरीगंगा नगर कार्यसमिति गठन गरिएको छ। हर्कदेव जैसीको अध्यक्षतामा गठन गरिएको १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा कामदेव जोशी, कोषाध्यक्षमा डबल दियाकोटी, सहसचिवमा तुलाराम चौधरी छन्।

सदस्यहरुमा नवीन बिष्ट, सुबास चौधरी, ईश्वरी भण्डारी, यशोदा ताडी, प्रेम चौधरी, उपेन्द्र रेग्मी, दिलबहादुर खत्री र दीपक चौधरी चयन भएका छन्। कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको हो। 

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति कैलाली जिल्ला सदस्य दलबहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशी प्रमुख अतिथि थिए।

कार्यक्रममा नेपाली कांग्रेस, कैलाली जिल्ला सदस्यद्वय रामबहादुर कलेल र प्रेमराज ओझा, गौरीगंगा नगर सभापति काशीराम शर्मा, नेपाल शिक्षक संघ, कैलाली जिल्ला सहसचिव जंगबहादुर देउवा लगायतले मन्तव्य व्यक्त गरेका थिए।