
जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ । आईतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो ।

बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए । बर्लिनको घरेलु मैदानमा बायर्नका थोमस मुलरले पहिलो हाफको १८ औं मिनेटमा गोल गरे पनि भीएआरले मान्यता दिएन । ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा एक गोल गरेको बायर्नले ८१ औं मिनेटमा पाभार्डले गोल थप्दै २–० को जित दिलाए । लिग अन्तर्गत आइतबार राति नै भएको पहिलो खेलमा खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02