डाक्टर निराजन शर्माको कोरोना संक्रमणबाट बँच्ने टिप्स (भिडियो सहित) 
2020/05/18, 11:38
 
doctor

कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो । यही कोरोना भाइरसको नयाँ प्रजातिजस्तो सार्स २००२÷००३ मा देखिएको थियो । विश्व स्वास्थ्य संगठनजस्ता स्वास्थ्य संस्थाहरूको सहकार्यबाट त्यो भाइरस नामेट पार्न सकियो । कुनै ल्याबमा त्यसका अंशहरू अहिले पनि छन् तर मानिसलाई रोग लगाउन सक्ने गरी त्यो छैन । अहिले फेरि नयाँ भाइरसको प्रजाति उब्जिएको छ ।

यो नयाँ कोरोना भाइरसको आधिकारिक नाम सार्स कोरोना भाइरस २ हो । कोभिड भनेको कोरोना भाइरस डिजिज हो । यो नयाँ कोरोना भाइरसले लगाएको रोगलाई कोभिड २०१९ भनिएको छ । सुरुमा यो रोग चीनमा कुनै जनावरबाट मान्छेमा र्सयो । प्रायस् मान्छेमा जनावरबाट आएको भाइरस रहँदैन । हाम्रो शरीरले त्यो भाइरस मार्न सक्छ । प्रायस् भाइरस एउटा निश्चित जनावरमा मात्रै बाँच्न सक्छन् । यो भाइरस चाहिँ कुनै कारण मान्छेमा पनि बाँच्न सक्ने र एउटा मान्छेबाट अर्को मान्छेमा फैलिन सक्ने चरित्रको रहेछ । श्वासप्रश्वास प्रणालीबाट निस्कर्ने यालका छिटाहरूबाट यो सर्छ । त्र्यो याल कुनै सामानमा परेको छ भने त्यो सामानसँगको स्पर्शपछि त्यो हात आँखा, मुख, नाकमा लग्यौँ अथवा कुनै चिज समायौँ र खायौँ भने त्यर्ही यालका छिटा जताजता जान्छन्, त्यही बाटोबाट हाम्रो शरीरभित्र भाइरस प्रवेश गर्छ । र, हामीलाई रोग लाग्न सक्छ ।

कसरी बच्ने कोरोना भाइरसबाट ?
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक छ । अब हामीले रोगबारे जानकारी लिनुपर्छ । रोगबाट कसरी बँच्ने भन्ने सिक्नुपर्छ र त्यहीअनुसार सतर्कता अपनाउनुपर्छ । सरकारले जनतालाई आश्वस्त बनाउन सके आत्तिने अवस्था रहँदैन । यो धेरै फैलिन्छ कि भन्ने अलिअलि शंका छ । कडा इन्फ्लुएन्जाका कारण धेरै मानिस सिकिस्त हुने, अस्पताल भर्ना हुने हामीले देखिरहेकै हो । धेरै जना मानिस शिक्षाको अभावले पनि आत्तिएका छन् । कसरी सर्छ, कसरी बँच्न सकिन्छ भन्ने कुरा सिकाइएको छैन । सरकारको वेबसाइटहरूमा सूचना होला तर आम जनताले बुझ्ने भाषा र सार्वजनिक पहुँचमा छैन । जस्तो रेडियो नभन्ने वा टीभी नहेर्ने मान्छेले कसरी बुझ्छन् त ? उनीहरूले पनि थाहा पाउने गरी समुदायमा गएर सिकाउनुपर्छ । नेपालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताहरूको ठूलो नेटवर्क छ । उनीहरूको नेटवर्कलाई प्रयोग गर्न सकिन्छ । अर्को, ठूलो अभाव मास्कको हुँदै छ । हाम्रो देशमै मास्क उत्पादन थाल्नुपर्छ । ‘एन ९५’ मास्क बन्यो भने धेरै राहत हुन्छ ।

अस्पतालहरूमा संक्रमण नियन्त्रणका नीतिहरू लागू गर्नुपर्छ । सबै अस्पतालले अहिले नै आफ्ना वार्ड र क्याबिनहरूमा हात धुने ठाउँ छैन भने अहिले नै धाराहरूको प्रबन्ध गर्नुपर्छ । ताकि साबुनले हात धुन सजिलो होओस्, मान्छेले टाढासम्म हिँड्नुर्पयो भने हात नधुन सक्छ । अहिले भएकै कोठालाई ३०र४० हजार रुपैयाँ खर्च गरेर ‘नेगेटिभ प्रेसर रुम’ बनाउन सकिन्छ । यसो गरेमा अस्पतालका स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सकिन्छ । र, अस्पतालमा एउटा मान्छेबाट अर्को मान्छेमा रोग फैलने सम्भावना कम हुन्छ । संक्रमण बढ्दै गयो भने भीडभाड कम गर्ने तथा भीडभाडमा नजान प्रेरित गर्नुपर्छ । अहिले नै स्कुल बन्द गर्ने कुरा चर्चामा आएको छ । तर सरकारले गर्नुपर्ने मुख्य कुरा चाहिँ ल्याबको क्षमता बढाउने हो । ल्याबको क्षमता बढाएपछि नेपालमा कोरोना भाइरस आएको छ कि छैन भन्ने निर्क्योल गर्न सजिलो हुन्छ ।

नेपालमा अहिलेसम्म संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई पर्याप्त मात्रामा जाँचेकै छैनौँ । खोकी लागेर आएका वा इन्फ्लुएन्जा नेगेटिभ भएका बिरामी हरेक दिन २०र२५ जनाको परीक्षण गर्न सकियो भने अहिलेसम्म आएको छैन भनेर देखाउन सक्छौँ र जनतालाई आश्वस्त पार्न सक्छौँ । केही गरी आएको वा फैलिएको रहेछ भने पनि अनावश्यक रुपमा सरकारको स्रोत साधन क्वारेन्टाइन गर्ने्तिर खर्च हुँदैन । त्यतिबेला हामी के भन्न सक्छौँ भने कम लक्षण भएका मानिसहरू घरमै बस्नुस्, अरुलाई सर्न नदिनुस्, मास्क लगाउनुस् । स्कुलहरू बन्द गर्नुपर्ने भए त्यो बेला गर्न उपयुक्त हुन्छ । स्वास्थ्य किटहरू बढी ल्याएर परीक्षण बढाउनेतिर हाम्रो प्रयत्न कमजोर भइरहेको छ ।

व्यक्तिगत सुरक्षाका प्रबन्ध हामी सजिलैसँग अपनाउन सक्छौँ । हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसालौँ । कसरी हात धुने भनेर भिडियोहरू थुप्रै छन् । साबुनले राम्रोसँग हात धुन र पखाल्न २० देखि ३० सेकेन्ड लाग्छ । हात पखालेपछि सुकाउनु पनि पर्छ । सुकेन भने पनि पूरा सफा भइसकेको हुँदैन । त्यसबाहेक अरुलाई सर्न नदिन मास्क लगाउनुपर्छ । तर आफूलाई लक्षण छैन, खोकी छैन, ज्वरो छैन, श्वास फेर्न गाह्रो भएको छैन भने मास्क लगाउनुपर्दैन । बिनालक्षण मास्क लगाउँदा अनावश्यक खर्च हुन्छ । त्यो मास्क अरु कोही साँच्चै चाहिने स्वास्थ्यकर्मी वा बिरामी रहेछ भने उसलाई नपुग्न सक्छ । कोरोना भाइरसबाट बँच्न भनेर बाटोमा हिँड्दा मास्क लगाउनु आवश्यक छैन ।

घर परिवार वा छरछिमेकमा उमेर बढी भएका, रोगसँग लड्ने क्षमता कमजोर भएका दीर्घ रोगीहरू छन् भने उनीहरूलाई जोगाउनुपर्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाएको छैन भने लगाइहालौँ । त्यस्ता बिरामीलाई झन् पहिले लगाऊँ । उनीहरू सकेसम्म बाहिर जान नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । भीडभाडमा जान नपरोस् भनेर सहयोग गर्नुपर्छ । अहिले प्रचारमा आइरहेको छ कि हामी नजानिकनै मुख, नाक, आँखा छोइरहेका हुन्छौँ । सकेसम्म त्यसो नगरौँ भनिएको छ । तर साँच्चै त्यसो गर्न सकिन्छ कि सकिँदैन, मलाई थाहा छैन । सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजनदत्त शर्माले दिएका कोरोना संक्रमणबाट बँच्ने टिप्सहरु भिडियोमा पनि हेर्न सकिन्छ ।