
सुदूरपश्चिम प्रदेश सभा कांग्रेस संसदीय दलले बिषयगत समिति सदस्य हेरफेर गरेको छ । आन्तरिक विवादले बिषयगत समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले बिषयगत समिती सदस्य हेरफेर गरेको हो ।

सार्वजनिक लेखा समितिका भरत बहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् । यस्तै अर्थ विकास समितिका गोबिन्दराज बोहरा र सामाजिक समितिका दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।
कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एक अर्काको सहमतिमै हेरफेर गरिएको बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12