
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तीको खातामा राखिदिएको हो । स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02