भीमदत्त राजमार्ग अन्तरगत सहजपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बुधबार दिउँसो कैलालीको चुरे गाउँपालिका –३ मा रहेको सो सडकखण्डमा पहिरो जाँदा सयौं यात्रु अलपत्र परेका छन् ।
अहिले सो स्थानमा प्रहरीको टोली पुगेको भएपनि माथिबाट सुख्खा पहिरो आउने क्रम जारी भएको हुँदा सडक खुलाउन समस्या भइरहेको त्यहाँबाट धनगढी आउन लागेका सेती प्रादेशिक प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले जानकारी दिए ।
सडकमा आएको पहिरोका कारण सवारी साधनहरु त्यही रोकिएको उनले बताए । पहिरो पन्छाइए पनि सडकको आरसिसि फुटेको हुँदा सडकमा ठुला सवारी साधन चल्न नसक्ने अवस्था रहेको छ ।
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2021/05/02, 11:30
2020/12/09, 12:02
2022/08/13, 5:32