सुदूरपश्चिम सरकारलाई चाडो राहत र उद्धारमा लाग्न काँग्रेस संसदीय दलको माग
2020/08/19, 4:30
 
badi

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोले ठुलो जनधनको क्षति भएको प्रति सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेसको संसदीय दलले चाडो राहत र उद्धारको माग गरेको छ । संसदीय दलका नेता डा. रणबहादुर रावलले बुधबार प्रेस बिज्ञप्ती प्रकाशित गर्दै पहाडी जिल्लामा पहिरो र तराईमा बाढीको प्रकोपले जनता प्रभावित भएको प्रति नेपाली काँग्रेसको संसदीय दलले दुख प्रकट गर्दै सुदूरपश्चिम सरकारलाई खटिन आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशभर दैबिक प्रकोपको १०७ घटना भएका छन् भने २८ जनाको मृत्यु भएको छ । कति बेपत्ता भएका छन् ५५ जना भन्दा बढी घाईते २९९ परिवार भन्दा बढी प्रभाबित भएको प्रति सुदूरपश्चिम प्रदेश गम्भीर नभएको प्रति सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीयको गम्भीर ध्यानकर्षण भएको समेत जनाएको छ ।

अछामको रारोशन गाउपालिका, बाजुराको खप्तड छेडेदह गाउपालिका, बुढीनन्दा नगरपालिका, बझाङ बुङगल नगरपालिकामा गए रातीको बर्षाले पहिरो जादा ठुलो जनधनको क्षति भएकोले त्यहाका नागरिकलाइ उद्धार र राहत क्षतिपुर्तिको व्यबस्था गर्न सुदूरपश्चिम प्रदेश सरकार संग सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।

जनधनको क्षति प्रति सुदुरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले मृतक परिवार प्रती समबेदना सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित क्षति भएको सम्पूर्ण संरचना को यथार्थ बुझी पीडित परिवार जन लाई राज्यले उचित क्षतिपूर्ति को ब्याबस्थापन गर्न नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलले माग गरेको छ ।

2