कैलालीमा बिहीवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा लगाईने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन् । अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा समेत रोक लगाईएको छ । डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटर तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय समेत भएको छ । खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
जिल्ला भित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ । अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचय पत्रका आधारमा सवारी संचालन गर्न दिइने भएको छ ।