संक्रमित सांसदको ट्राभल हिस्ट्री अछामदेखि सिंहदरबारसम्म
2020/08/19, 8:16
 
corona

सुदूरपश्चिम प्रदेशका संघीय सभा सदस्यमा निर्वाचित सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी अहिले कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आईसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वाब दिएका थिए ।  साउन ३२ गते रिपोर्ट नेगेटिभ आएको थियो । तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए । ठ्याक्कै कहाँबाट कोरोना स¥यो भन्ने आफूलाई थाहा नभएको तर नजिकै टोलका संक्रमितबाट सरेको हुन सक्ने बताए ।

यस्तो छ ट्राभल हिस्ट्री
सांसद बोगटीकै अनुसार उनी साउन १७ गते अछामबाट काठमाडौं फर्किएका थिए । उनी ललितपुरमा बस्छन् । राजधानी आएपछि उनी ललितपुरबाट सिंहदरबार आउजाउ गरिरहे । साउन २५ गते सिंहदरबारमा नेकपाका ६३ जना सांसदले पार्टी एकताको पक्षमा गरेको हस्ताक्षर गरेर सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा करिब २५ जना सांसद थिए । उनी पनि सहभागी थिए । सांसदहरुबीच भौतिक दुरी कायम थिएन । मास्क पनि कमैले मात्र लगाएका थिए ।

कार्यक्रमको संयोजन गरेका नेकपाका सांसद कृष्णप्रसाद दाहालले आफूहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताए । एक जनालाई स्वाब दिन लगाएको भन्दै उनले भने, ‘उनलाई कोरोना सरेको रहेछ सबैको परीक्षण गर्छौं, नेगेटिभ आयो भने परेन ।’