सुदूरपश्चिममा विपदमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १ लाख दिने
2020/08/20, 1:22
 
pradesh

सुदूरपश्चिम प्रदेशमा विपदमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १ लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले विपद् मा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले जनकारी दिए ।

पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपद्बाट ६४ जनाको मृत्यु भइसकेको छ । ‘उनीहरुका परिवारलाई १ लाख दिने निर्णय भएको छ’ मन्त्री सुबेदीले भने ‘प्रदेश सरकारले अन्य राहातक कार्यक्रमहरू पनि उपलब्ध गराउने छ ।’  विपद्बाट भएको क्षतिपूर्तिका लागि प्रदेश सरकारले १ करोड रकम समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

‘घर विहीन भएकाहरू पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १ करोड उपलब्ध गराउने निर्णय भएको छ’ उनले भने ।  आजको मन्त्री परिषद् बैठकले रामारोशन पर्यटन बोर्ड गठन प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको उनले जानकारी दिए ।