
भारतबाट फर्किएका १८ जनालाई देव तालिम केन्द्रमा गासवासको व्यवस्था गरिएको छ । भारतबाट ४५ दिनसम्मको क्वारेन्टाइन बसाईबाट फर्कियेका १८ जना लाई देव तालिम केन्द्रमा आवासको व्यवस्था गरेको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले जानकारी दिए ।

त्यहाँ वसेकामध्ये ८ जना आफ्नो गृह जिल्ला पठाईएको र १० जना तालिम केन्द्रमै बसिरहेको पन्तले बताए । तालिम केन्द्रले बस्ने व्यवस्था गरेकोमा खानाको व्यवस्था उद्योगी श्याम तायलले गरेका छन् । गन्तव्यसम्म पुग्ने व्यवस्था जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको हो ।
सामाजिक दुरी कायम गर्दै १५÷२० जनालाई दुई सातादेखि फार्म हाउस फुलवारी १४ मा काम दिएको पन्तले बताए । छाक टार्न समस्या भएका उनीहरुलाई समान ज्यालामा कामको व्यवस्था गरिएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/01/14, 1:22