सुदूरपश्चिमका चार हजार तीन सय बढी संक्रमित कोरोना मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिलेसम्म चार हजार तीन सय ४३ जना संक्रमित कोरोना मुक्त भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार दुई सय ९७ जना कोरोना मुक्त भएका छन् । अछामका सात सय १२, कञ्चनपुरका पाँच सय ८०, डोटीका पाँच सय ७६, बैतडीका तीन सय २१ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ ।
बाजुराबाट चार सय ३५, बझाङबाट एक सय १० र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस सात सय २६ रहेका छन् ।
सुदूरपश्चिममा संक्रमितको सङख्या ५ हजार दुई सय ४२ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् ।