
करिब १६ लाख रूपैयाँ बराबरको मोबाइलको सामान सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका १ बाट भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियाँका ३४ वर्षीय चाँद अलीलाई पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

स्थानीय नरबहादुर कडायतको घरमा वर्षौंदेखि डेरा गरी बस्दै आएका ती व्यक्तीको साथबाट करिब १६ लाख रूपैयाँ मूल्य बराबरको मोबाइलको डिस्प्ले लगायतका सामान सहित पक्राउ गरिएको विष्टले जानकारी दिए । भन्सार छली गरेर ल्याएको सामानसहित पक्राउ परेका चाँदलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43