सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ। कञ्चनपुर र अछाम जिल्लाका एक÷एक जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
बिहिवार मात्रै डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो।
योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २२ पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ६, कैलालीमा चार, डोटीका तीन र अछामका तीन जना गरी २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले १३ जनाले कोरोना जितेको र नौ जनाको उपचार भईरहेको जानकारी दिए। कैलालीका चार, डोटीका तीन र कञ्चनपुरका दुई जनाको आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।