सुदूरपश्चिम प्रदेशमा झण्डै ४९ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४९ हजार एक सय दुई जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशाला मार्फत २५ हजार तीन सय ४९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय ३२, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत सात हजार एक सय १० र डोटी प्रयोगशाला मार्फत एक सय ४७ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ५२ हजार सात सय ५९ जनाको स्वाब संकलन गरिएकोमा तीन हजार ६ सय ५७ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका मध्ये ५ हजार दुई सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा नौँ सय १९, अछाममा सात सय ७०, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ६ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुराका तीन सय १५, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय ४३ जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ ।