सेती अस्पतालको आईसोलेशनमा कार्यरत थप दुई महिला कर्मचारीमा कोरोना पुष्टि
2020/08/23, 8:09
 
corona

सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा कार्यरत थप दुई जना महिला कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
आइतबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ की ६० वर्षीया महिला र वडा नम्बर १४ की २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

उनिहरु दुवै सेती अस्पतालकाको आईसोलेशनमा कार्यरत कर्मचारी हुन । शुक्रबार सेती अस्पतालमा कार्यरत एक महिलामा कर्मचारी संक्रमण पुष्टि भएको थियो । ति महिलाई कोरोना संक्रमण देखीएसंगै अस्पतालमा कार्यरत सबै कर्मचारीहरु आईसोलेशनमा बसेको र थप दुई जनामा संक्रमण देखीएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

उनले हालसम्म सेतीमा कार्यरत चार कर्मचारीमा संक्रमण देखीएको र एक जना निको भएर काममा फर्किएको बताए । यस्तै आइतबार धनगढीका थप दुई जना अन्य स्थानियमा संक्रमण पुष्टि भएको छ । यो संगै धनगढीमा स्थानिय संक्रमण २३ पुगेको छ ।