
ससुराली जान्छु भनी हिँडेका बैतडीका एक वृद्ध आइतबार मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका ४ चिल्लेपानीका ७९ वर्षीय नरीभान ऐरीको शव फेला परेको हो । गत साउन २६ गते सुर्नया गाउँपालिका २ स्थित दह भन्ने गाउँमा ससुराली जान भनी उनी हिँडेका उनको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । ‘हामी घटनाको अनुसन्धानमा छौँ ’ उनले भने ‘कुणी भिरबाट ७० मिटर जति तल शव भेटिएको छ भिरबाट लडेको हुन सक्छ तर, अनुसन्धान पछि तथ्य कुरा आउँछ।’

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/18, 10:12
2022/02/13, 4:22
2020/05/31, 7:41
2020/10/01, 9:17