कैलालीमा शनिबार दुई समुह बिच झडप भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा झडप हुदा तीन जना घाईते भएका छन । भाद्र ५ गते हरितालिका तीजका दिन नाचगानमा रमाईरहेको अवस्थामा स्थानीय युवाहरु बिच बिबाद सृजना भएको भएपनि समयमै प्रहरी पुग्दा अप्रिय घटना नघटेको प्रत्यक्षदर्शीले बताएका छन ।
सोही दिनको बिबादका कारण भाद्र ६ गते शनिबार साझ करिव २०/२५ जनाको समुह आएर घरमा बसिरहेका युवाहरु माथी आक्रमण शुरु गरेको प्रत्यक्षदर्शीको भनाई छ । आक्रमणबाट स्थानीय बिकास बिश्वकर्मा, शुनिल बिश्वकर्मा र आक्रमण गर्ने समुहका डम्मर साउँद घाईते भएको वडा अध्यक्ष बिनोद बिश्वकर्माले बताएका छन ।
घाईते बिकासको टाउकोमा, शुनिलको खुट्टामा र डम्मरको हात खुट्टामा गम्भिर चोट लागेको बताईएको छ । घाईते मध्ये दुई जनाको घोडाघोडी अस्पताल सुखडमा र एक जनाको बर्दगोरिया अस्पताल बौनियाँमा उपचार भईरहेको वडा अध्यक्ष बिश्वकर्माको भनाई छ । यो दुबै समुहले बिगत देखी नै झडप गरी समाजमा त्रास सृजना गर्दै आएको स्थानीयहरु बताउछन ।
पहिलो चरणमा घाईतेहरुको उपचारलाई प्राथमिकता दिएकाले अब प्रहरी प्रशासन मार्फत समस्या समाधानको बाटो खोज्ने र दोसीलाई कार्वाहीको दायरामा ल्याउने पिडीतका आफन्तले बताएका छन । यता ईलाका प्रहरी कार्यालय सुखडले भने घाईतेहरुको उपचार भईरहेको र हाल सम्म जाहेरी नआएको बताएको छ । पहिलो चरणमा घाईतेको ज्यान बचाउन लागि परेका छौ । सुखड प्रहरी प्रमुख हरिशरण भट्टले भने,। जाहेरी आउना साथ हामी घटनाको अनुसन्धान गरी दोसीलाई कार्वाही गर्छौ ।