डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ५० जनामा कोरोना पुष्टि
2020/08/25, 1:57

मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/02, 4:24
2024/01/08, 6:41
2020/07/06, 6:26
2020/11/19, 9:08
2021/06/19, 1:44