निकुञ्ज किनारका बस्तीमा वर्षौंदेखि  जंगली जनावरको आतङ्क
2020/08/25, 8:15
 
suklafata

वर्षौंदेखि समय समयमा  जंगली जनावरको आतङ्क हुने कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीमत अनिल सुनारले बसोबास गरेको झण्डै  ४३ वर्ष भन्दा बढी भइसक्यो । जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँग जोडिएको  अधिकांश  क्षेत्रमा निकुञ्जबाट गाउँ पसेर आतङ्क मच्चाउने जनावरको भने अहिले सम्म पनि व्यवस्थापन हुन सकेको छैन ।

 खेतीपातीको समयमा  गाउँ बस्तीमा धेरै जंगली जनावरको आतङ्क हुने गरेको भएपनि जंगली जनावर व्यवस्थापनका निम्ती खासै पहल हुन सकेको छ्रैन । सिजनमा लगाएको अन्नवालीलाई जंगली जनावरले खाएर सखाप पार्दा यहाँका किसान समस्यामा परेका छन् । “प्रत्येक सिजनमा गाउँभरी निके रौनकका साथ खेतीपाति लगाएको हुन्छ ।” अनिल सुनारले भने, “सिजनमा लगाएको अन्नवाली फलेको हेर्न पनि पाइदैन, कहिले हात्तिले त कहिले बदेलले लगाएको अन्नवाली सवै सखाप पार्छ ।” जंगली जनावरले धान खेतीको समयभन्दा पनि गहुँ खेतीको बेला सधैंजसो राति आएर अन्नबाली नष्ट गरेर दुःख दिने दिलिपले बताए । 

2

अनुमानित साढे ४ सय बढी घरधुरी रहेको चतहरीमा पटक पटक जंगली जनावरको आतङ्क भइरहन्छ । चतहरी गाउँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको किनारमै जोडिएको  गाउँ भएकोले पनि यस ठाउँमा जंगली आतङ्क निकै बढी छ ।  “गाउँ तिरको चार किनार मध्ये तिन किनारमा जंगल पर्छ, एक किनार गाउँ तिर पर्छ बाँकी तिन किनारबाट जनावरको आउने बाटो खुला हुँदा गाउँको अन्नवाली पुरै जनावरको लागि हुन्छ ।” दिलिपले भने, “तिन किनारबाट गाँउमा जनावर पस्ने भएकोले जनावरलाई आवत जावत गर्न पनि सजिलो हुन्छ, जनावरले अन्नवाली सँगै कहिले घरमा पसेर नि घरमा भण्डार भएको अन्नलाई पनि खाइदिने गर्दछन् ।” किसानले लगाएको मकै, धान, गहुँलगायत विभिन्न खेती लगाएको दुईचार महिना नहुँदै जंगली जनावरले नष्ट गर्ने गरेको छ । जंगली जनावरले खेतमा लगाएको अन्नवाली नष्ट पार्दा छाक टार्न पनि धौधौ हुने गरेको छ ।

“खानलाउन समेत पुग्दैन, भएको अन्नबालीलाई समेत जंगली जनावरले नष्ट गर्ने गरेपछि साँझबिहान छाक टार्नसमेत धौ–धौ हुने गर्छ ।” उनले भने, “कोरोनाले गर्दा भएको रोजगार पनि गुमेको अवस्था छ, जोहो गरी किनेर ल्याएको अन्न मै जिविका चलाउनु बाध्यता जस्तै भएको छ ।” वर्षभरि खाने अन्न जंगली जनावरले सखाप पारेपछि कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलिरहने सुनारले बताए ।  

यसैगरी बेतकोट नगरपालिका–१० की शरस्वती सुनारले जंगली जनावरले पहिलेको भन्दा अहिले घेरै सताएको बताइन् । बेतकोट नगरपालिकाले निकुञ्ज किनारको केही भागमा मेसवायर अर्थात तारजाली लगाएको छ । तारजाली केही भागमा मात्रै हुँदा केही समस्या टरेको भएपनि आधा समस्या उस्तै रहेको शरस्वतीले बताइन् ।

2

“नगरपालिकाले बस्तीको केही भागमा मेसवायर निमार्ण गरेको छ, दिउँसोको समयमा हुने जनावरको आतङ्क रोकीएको छ ।” शरस्वतीले भनिन्, “मेसवायर निमार्ण गरिएपनि रातीको समयमा गाउँमा पस्ने र बिहान आउँदा गाउँमा छिरेको जनावरले दुख दिने समस्या भने थपिएको छ ।” मेसवायर चारै तिर निमार्ण गरिए केही राहात हुने उनको भनाई छ ।  बस्ती बसेपछि यहाँका स्थानियले पहिलो पल्ट मेसवायर निमार्ण गरिँदा गाउँको किनारामा धान खेती लगाउन सुरु गरेका छन् । विगतमा खेती नलगाएका स्थानियले अहिले मेसवायर निमार्ण गरिदाँ खेती लाएका छन् । “विगतमा ठूलो सङ्ख्यामा निकुञ्ज देखि चित्तल, बदेँल, हात्ती लगायत धेरै जनावरहरु आएर खेती उजाड हुने गरी नष्ठ हुने अवस्था थियो ।”शरस्वतीले भनिन्, “अहिले आएर मेसवायर निमार्ण गरिएकोले आस पलाएपछि पहिलो पटक धान खेती लगाएको अवस्था छ । ”

निकुुञ्ज किनारको क्षेत्रमा पहिलो पटक बिगाहाका रुपमा धान खेती लगाएको समेत उनले बताइन् ।  यसैगरी रातिको समयमा अहिले पनि जंगली हात्ती, बँदेलले भने दुख दिने गरेको छ । यसैगरी केही दिन अगाडि मात्रै चतहरीका ४ जना मानिसलाई घरमै काम गरिरहेको अवस्थामा बदेँलले आक्रमण गरी घाइते समेत बनाएको थियो । 

निकुञ्ज सँग जोडिएका बस्तीको किनारमा मेसवायर निमार्ण गर्दै नगरपालिका 

अन्नवालीको समयमा जंगली जनावरको आतङ्क हुने गाउँ बस्तीमा बेतकोट नगरपालिकाले पुर्ण रुपमा मेसवायर निमार्ण गर्ने भएको छ । नगरपालिकाले अहिले सम्म १३ किलो मिटर क्षेत्रमा निमार्ण गर्नुपर्ने मेसवायर ८ किलो मिटरमा भने निमार्ण गरिसकेको छ । जंगली जनावरले आवत जावत गर्न पुर्ण रुपमा मेसवायर लगाउनु पर्ने भएकोले नगरपालिकाले यस वर्ष नगरको निकुञ्ज सँग जोडिएको सबै गाउँ बस्तीमा मेसवायर निमार्ण गरिसक्ने नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताए ।

2

नगरपालिकाको १ नम्वर वडा र १० नम्वर वडामा केही स्थानमा निमार्ण गनुपर्ने मेसवायर यसैवर्ष निमार्ण गरिसक्ने भएको छ । “वर्षायामको बेला मेसवायर निमार्ण गरिएको क्षेत्रमा बाढी आएपटि सृजित साघुरो बाटोबाट स–सानो जनावर राती गाउँबस्तीमा पस्ने र बिहान आउँदा गाउँमा बाटो विर्सिने कारणले गर्दा अहिले केही समस्या भएको छ ।” नगर प्रमुख अशोक कुमार चन्दले भने, “नगरको योजना अनुसार यस वर्ष भित्रै बाँकी रहेको ५ किलोमिटर क्षेत्रमा मेसवायर निमार्ण गरिसक्ने योजना छ, बाढी गएर भत्केको तथा बाटो भएको ठाउँमा पनि मर्मत गरिने छ ।”सबै ठाउँमा मेसवायर निमार्ण गरिसकेपछि गाउँ बस्तीमा जनावरको आतङ्क केही हद सम्म समस्या निर्मुल हुने प्रमुख चन्दले बताए । 

निकुञ्जबाट केशी हानी नोक्सानी भएपनि उत्तिकै फाइदा पनि रहेको छ । मेसवायर निमार्ण पछिको समयमा भने मानव र वन्यजन्तु बिचको द्धवन्द्ध केही हल सम्म कम हुने पनि प्रमुख चन्दले बताए । यस्तै नगरपालिकाले निकुञ्ज सँग जोडिएका गाउँ बस्तीमा मेसवायर निमार्ण गरिसकेपछि राष्ट्रिय वन तथा चुरे वन क्षेत्रको किनारमा पनि मेसवायर लगाउने योजना बनाएको छ ।