धनगढी वडा नम्वर ३ का वडा वडाध्यक्ष ऐर  पक्राउ
2020/08/26, 9:52
 
jan pratinidhi

धनगढीमा वडा अध्यक्ष पक्राउ परेका छन् ।  उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको हो।  हिजो वडा अध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर प्रवेशमा आफै जिम्मा भइ अनुमती दिएका थिए। 

स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाईने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद  हुँदा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।