सुदूरपश्चिमबाट अहिलेसम्म ४ हजार पाँच सय ८९ कोरोना सक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट मंगलबार कोरोना मुक्त भएर थप १ सय ८९ जना डिस्चार्ज भएका छन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार बझाङका १ सय ६६ जना, कैलालीका १५ जना, कञ्चनपुर ४ र डोटीबाट ४ जनालाई डिस्चार्ज गरिएको हो ।
अहिलेसम्म कैलालीका १ हजार तीन सय ३१, अछामका ७ सय १३, कञ्चनपुरका ५ सय ८५, डोटीका ५ सय ८० र बाजुराबाट ४ सय ४२, बैतडीबाट ३ सय २२, डडेल्धुराबाट २ सय ९९, बझाङबाट २ सय ७६ र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
सुदूरपश्चिममा संक्रिय संक्रमित ८ सय ६८ रहेको उनले बताए । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन भने अहिलेसम्म १४ जनाको मृत्यु भईसकेको छ ।