धनगढीको सानिमा बैंकका कर्मचारीमा पनि देखियो कोरोना
2020/08/26, 4:14
 
corona

धनगढीमा रहेका सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका उनको स्थायी घर  कञ्चनपुर हो ।  केहि दीन पहिले पनि धनगढी रहेको ग्लोवल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना देखिएको थियो ।