
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल र मानीस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल घाइते भएको छन ।
घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54