सेती अस्पतालका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण
2020/08/26, 8:50
 
corona

सेती अस्पतालका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण  पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा कोरोना भाईरस पुष्टि भएको छ।

मंगलवार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

दुबै जना महिला स्वास्थ्यकर्मी हुन्। यसअघि सेती अस्पतालका सात स्वास्थ्यकर्मी र तीन जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो।