धनगढी उप–महानगरपालिकामा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १५ र डडेल्धुरामा भएको परीक्षणमा एक गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पुष्टि भएका १५ मध्ये १० जनाको मात्रै वडा खुलेको छ । वडा नम्वर १ का चार जना, वडा नम्वर ५ का एक जना, वडा नम्वर ७ का दुई जना र वडा नम्वर १२ का तीन जनामा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।
अन्य ५ जनालाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको उनले बताए । डडेल्धुराको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएका एक जना भने वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका हुन । उनी धनगढीकै सानिमा बैंकमा कार्यरत कर्मचारी हुन् । योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ ।