कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको छ । जिल्लाको माहाकाली नगरपालिकामा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको हो । फरक फरक मितिमा उनीहरुको मृत्यु भएको भएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले उनीहरुमा १०४ डिग्री भन्दा बढि ज्वरो देखिएको थियो ।
‘स्वास्थ्य केन्द्रमा आएर रेफर भएका चार जनाको मृत्यु भएको छ,’ उनले भने, ‘स्वास्थ्य केन्द्रमै उपचार गरेर फर्किएका थप दुई जनाको पनि मृत्यु भएको खवर आएको छ । तर अहिले नै यकिन भन्न सकिदैन् ।’ उनले उच्च ज्वरो कोरोना भाईरसको लक्षण भएपनि अन्य लक्षण भने कोरोना भाईरससंग नमिलेका कारण परीक्षण नगरिएको बताए । आरडिटी परीक्षणमा भने कसैमा पनि संक्रमण नदेखिएको डाक्टर चौधरीले बताए ।
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार १० दिनभित्र ८ जनामा यस्तो लक्षण देखिएको थियो । त्यसमध्ये एक जनाको अवस्था अझै गम्भीर छ । मृतक सबैको भने अन्त्यष्टि भईसकेको छ ।