माइती नेपालको दुई महिने भान्सा कार्यक्रम, १३ हजार बढी विपन्न परिवारलाई पोषिलो खाना 
2020/08/27, 5:48
 
corona

कञ्चनपुरमा माइती नेपालले सञ्चालन गरेकोे भान्सा कार्यक्रमबाट १३ हजार बढीले पोसिलो खाना पाएका छन् । माइती नेपाल कञ्चनपुरले कोरोना महामारीपछि लकडाउनको मारमा परेका विपन्न तथा गरिब परिवारलाई पोषिलो खाना खुवाउने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा रहेका १३ हजार ९ सय ५६ हजार बढी विपन्न तथा गरिब परिवारले पोसिलो खाना पाएका हुन् । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी लाई रोकथाम गर्न सरकारले गरेको बन्दावन्दिमा दैनीक ज्याला दारी गर्ने गरिव तथा विपन्न परिवाररका महिला तथा वालवालिकाहरुले पौष्टिक आहार नपाएको तथा समस्या भएका कारण माइती नेपालले दुई महिनाको समयमा पोसिलो खाना खुवाउने अभियान चलाएको थियो । दुई महिने अभियानको विहिबार समापन समेत गरिएको छ ।

यु एन ओमेन संस्थाको सहयोग र जिल्लाका स्थानीय तहहरु संगको सहकार्यमा पौष्टिक आहार खुवाउने लक्ष्यका साथ ५६ दिने अभियान सम्पन्न गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । माइती नेपालको भान्सा अभियान कार्यक्रम असार १६ गते देखी सुरु गरि आज बिहिवार भदौ ११ मा समापनलगरिएको थियो ।

उक्त भान्छा कार्यक्रम बाट भीमदत्त नगरपालिका १०५४० जनाले पोसिलो खाना पाएका छन् भने क्रमशः बेदकोट नगरपालिकामा ४५६ जना,महाकाली नगरपालिकामा ८१२ जना,र शुक्लाफाँटा नगरपालिका , लालझाडी गाउँपालिका हुँदै ढक्का सिवीरमा२१४८ जनालाई पोसिलो खाना खुवाइएको छ।