डाँकाचोरी मुद्दाका चार जना दोषी २० बर्षपछि पक्राउ, कैद १७० बर्ष !
2020/08/27, 10:12
 
daka chori

कैलालीमा डाँका चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका चार जना पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरिएको हो । जोशीपुर गाउँपालिका वडा नम्वर ६ का ४५ बर्षीय रोगही भन्ने क्रमराज थापा, जोशीपुर ३ का ४९ बर्षीय रोहिना भन्ने भगत चौधरी, वडा नम्वर ४ का ३८ बर्षीय कालु भन्ने गुन सिंह कठरिया, भजनी नगरपालिका वडा नम्वर ६ का ४७ बर्षीय  टिकाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।  

थापा ८ वटा डाँका चोरीमा दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालत कैलालीले ८७ बर्ष कैद सजाय र ४४ हजार एक सय ५३ रुपैँया जरिवाना तोकेको थियो । उनी कैलाली कारागारबाट फरार भएका थिए । चौधरी भने एउटा डाँका चोरीमा संलग्न थिए । उनलाई अदालतले ६ बर्ष कैद र चार हजार पाँच सय जरिवानाको सजाय सुनाएको थियो । कठरिया चार वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३९ बर्ष कैद र १४ हजार ७० रुपैँया जरिवाना तोकेको थियो ।

टिकाराम चौधरी ५ वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३८ बर्ष कैद र नौँ हजार चार सय ४० जरिवाना तोकेको थियो । उनीहरु चारै जनाको जम्मा कैद एक सय ७० बर्ष हुने कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनीहरुले भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीय व्यक्तीहरुको घरमा घेरा हाली जिन्सी तथा धनमालहरु लुटपाट गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।