गौरीफन्टा नाकामा रेड लेबल माग्ने सशस्त्रका इन्सपेक्टर जिल्ला तानिए, छानविन समिति गठन
2020/08/28, 11:20
 
sima

आर्थिक लाभमा परेर भारतीय नागरिकलाई नेपाल प्रबेश गराएको आरोप लागेका सशस्त्र प्रहरी निरिक्षक शैलेन्द्रसिंह चैसिरलाई जिल्ला तानिएको छ।  गौरीफन्टा नाका क्षेत्रमा खटाइएका उनलाई जिल्ला तानेर उनको स्थानमा सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनलाई खटाइएको सशस्त्र प्रहरी बल नम्वर ३५ गण झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्रसिंह ऐरले जानकारी दिए।

सशस्त्र प्रहरी निरिक्षक चैसिरले भारतीय नागरिकलाई आर्थिक लाभ लिएर प्रवेश अनुमती दिदै धनगढी पठाएको आरोप लागेको थियो। यस्तै सो विषयमा अनुसन्धान गर्नका लागि छानविन समिति पनि गठन गरिएको छ। सशस्त्र प्रहरी नायव उपरिक्षक देव चन्दको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको सशस्त्र प्रहरी बल नम्वर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक ऐरले जानकारी दिए। 

समितिमा सशस्त्र प्रहरी निरिक्षक जयवहादुर महता, सशस्त्र प्रहरी नायव निरिक्षक  धनवहादुर चन्द र अन्य दुई जना सशस्त्र प्रहरी हवल्दार रहेका छन्। बुधवारसम्म गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कैलालीको कैलालीको सुरक्षा टोली थियो। बुधवार साँझदेखि भने गौरीफन्टा र डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको हो। 

यो पनि पढ्नुहोस्

रेड लेबल लिएर त्रिनगर नाकाबाट भारतीय नागरिक भित्र्याउँदै शसस्त्र प्रहरी (भिडियो सहित)