
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएको छ। स्थानिय २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ।

नाबालक शिशुलाई र आफुले बिष सेवन गर्दा बिरामी बनेकी निर्मलाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए। घटना किन र के कारणले भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31