सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५६९४ पुग्यो, कुन जिल्लामा कति ?
2020/08/28, 12:48
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको हो ।  

अहिलेसम्म ५७ हजार बढीको कोरोना परीक्षण भएकोमा पाँच हजार ६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कैलालीका एक हजार पाँच सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । डोटीमा नौँ सय ४९, अछाममा ८ सय ७१, कञ्चनपुरमा ६ सय ५१ र बाजुरामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । 

बैतडीका तीन सय ३१, डडेल्धुराका तीन सय २९, बझाङका तीन सय १२ र दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ जनाले कोरोना जितेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । अछामका सात सय १३, डोटीका सात सय ५८, कञ्चनपुरका ६ सय पाँच र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा २४, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई दुई जना संक्रमितको उपचार भईरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् ।