फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते आइडल फोर नेक्स्ट लेभल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुविता गौतम, अनुभा मंग्राती र जुलियाना मोक्तानले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।
सुविताले १२ वर्षमुनिको महिला कातामा, अनुभाले १७ वर्षमुनिको महिला कातामा र जुलियानाले नौ वर्षमुनिको महिला कुमुतेमा स्वर्ण जितेका हुन् ।
त्यसैगरी, नेपालले चार रजत र चार कास्यपदक पनि जितेको छ । नौ वर्षमुनिको काता पुरुषमा दिप्सन सापकोटा, १२ वर्षमुनिको महिला कातामा न्यान्सी क्षेत्री, सिनियर महिला कातामा रिना श्रेष्ठ र १७ वर्षमुनिको कुमुते पुरुषमा अनुराग पाण्डेले रजतपदक दिलाए ।
प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, फिलिपिन्स, युएई, हङकङ, क्यानाडा, इटालीलगायत १४ राष्ट्रका खेलाडीले भाग लिएका थिए । विभिन्न नौ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।