
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च लिग (लिग वान) च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान थियागो सिल्भालाई अनुबन्ध गरेको छ।

ब्राजिलको राष्ट्रिय टोलीका पूर्व कप्तान सिल्भालाई क्लबमा भित्र्याएको घोषणा चेल्सीले शुक्रबार अपरान्ह गरेको हो।
आठ वर्ष पीएसजीमा बिताएका सिल्भाले यूरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि नै पीएसजीका लागि त्यो आफ्नो अन्तिम खेल भएको बताएका थिए।

चेल्सीको धर्मराउँदो रक्षा पंक्तिबाट चिन्तित प्रशिक्षक फ्रान्क लाम्पार्डले रक्षा पंक्तिमा दोस्रो खेलाडीका रुपमा सिल्भालाई भित्र्याएका हुन्। सेन्टर ब्याक पोजिसनमा खेल्ने ३५ वर्षीय सिल्भा अघि चेल्सीले लेस्टर सिटीबाट इंग्ल्याण्डका पहिलो रोजाइका लेफ्ट ब्याक बेन चिलवेललाई भित्र्याइसकेको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02