होटेल म्यानेजमेन्टमा डिग्री गरेका क्याम्पसका प्रोफेसर मासु काट्दै 
2020/08/29, 10:33
 
narendra shah

सीताराम ओझा-  धनगढी वडा नम्बर ५ निवासी ३२ बर्षीय नरेन्द्र शाह पेशाले क्याम्पसका प्रोफेसर हुन् । क्याम्पसहरुमा पढाउन थालेको पनि ११ बर्ष पुगिसकेको छ । होटेल म्यानेजमेन्टमा स्नाकोत्तर गरेका शाहले धनगढीको नेपाल वेष्टर्न एकेडेमीमा ११ बर्षदेखि होटेल म्यानेजमेन्ट पढाईरहेका छन् ।

2

एमबीएमा होटल म्यानेजमेन्टमा डिग्री पास गरेका उनी सुदुरपश्चिम प्रदेशका एक्ला व्यक्ती हुन् । उनले ६ बर्षदेखि कैलाली वहुमुखी क्याम्पसमा पनि सह प्राध्यापकको रुपमा अध्यापन गराउँदै आएका छन् । उनले शिक्षण पेशा थालेदेखि एक हजार ५ सयभन्दा वढी विद्यार्थीलाई पढाई सकेका छन् । 

4

सन् २०१६ मा राजीस्थानबाट एमबीएम होटेल म्यानेजमेन्टमा स्नाकोत्तर गरेका उनी अध्यापन गराए वापत मासिक ७० हजार कमाउँदै पनि आएका छन् । परिवारको आर्थिक अवस्था पनि सवल नै हो । आफुले मासिक गर्दै आएको कामले उनी आफु र परिवार पाल्नका लागि कुनै समस्या नै पर्दैन् । वरु त्यो कमाईबाट वचत पनि हुदैं आएको छ ।

1

तर चिरिचट्ट गरेर विद्यार्थीहरुलाई लेक्चर दिने नरेन्द्रको दैनिकी केही दिनदेखि बदलिएको छ । लकडाउनले क्याम्पस बन्द भएपछि उनले पढाउनु परेको छैन् । तर उनी विहान उठ्दादेखि नै व्यस्त हुन्छन् मासु काट्न । तातो पानी तताउने, कुखुरा काटेर भुत्लाउने अनि मासुका लागि कुखुरा र खसीको मासु वेचविखनका लागि तयार पार्ने । साँझको दैनिकी पनि विहानसँगै मिल्छ । दिउँसो मात्रै हो उनी फुर्सदिलो हुने ।

1

हाफ पाईन्ट सेन्डो त्यसको माथि एप्रोन गराएर दाह्ी पालेका सानो कदका उनी एक कानमा एयरफोनबाट गीतको धुनसँगै आफ्नो काममै डटिरहेका हुन्छन् । काम गर्दागर्दै आउने अर्डर र उनका हातहरु सँगै चलिरहेका हुन्छन् । उनको यो काममा उनकै भाई शुभम साथले पनि मज्जाले साथ दिईरहेका हुन्छन् ।

2

उनी पनि होटेल म्यानेजमेन्टमा स्नातक सकेर दाईलाई साथ दिईरहेका छन् । उनलाई पनि मासु पसलमा काम गर्न कुनै अप्ठेरो लागेको छैन् । उनमा काममा हौसाईरहेका छन् नरेन्द्र शाहले । दाईभाई बीचको जोडी पनि गज्जबले मिलेको छ । न कसैलाई केही काम गर्न अप्ठेरो लाग्छ न नआउने कुनै काम नै छ । 

1

धनगढीको पार्कचोकको दक्षिणतिर अमित मेडिसिनको साईडको बाटो भएर केही पाईला चालेपछि प्रोफेसर नरेन्द्र शाहले सञ्चालनमा ल्याएको निष्कर्ष मिट मार्ट एण्ड प्रोसेसिङ हाउस आउँछ र होटेल सनलाईटको ब्लक एतिर छिर्ने बाटोको उत्तरतिरका नयाँ बनेको सटरमा उनको निष्कर्ष मिटमार्ट एण्ड प्रोसेसिङ हाउस आउँछ ।

2

सिसाबाट चियाउँदा उनी भित्रै मासु माटिरहेका भेटिन्छन् । झण्डै १५ लाखको लगानीमा उनले मिटमार्ट सुरु गरेको भरखरै मात्रै हो । धनगढीमा स्वच्छ र सफा मासु दिने नै उनको उद्देश्य र लक्ष्य हो । लोकल, वोईलर, खसीको मासुसँगै कडकनाथ र बटईको मासु विक्री वितरण थालेका छन् । उनकै कुरालाई मान्ने हो भने उनी कडकनाथलाई व्यवसायिक रुपमा विक्री वितरण थाल्ने उनी नै हुन् । बटई प्रेसर र सुगर भएकाहरुलाई निकै लाभदायिक मान्ने गरिएको छ । 

4

2

पहिलो चरणमा उनले मासुजन्य पदार्थको विक्री वितरण थालेका उनी कामलाई पुजा गर्छन् । काम सानो ठुलो केही पनि हुदैंन । काम गर्नलाई लाज पनि मान्नु हुदैन् । त्यही कुरालाई आत्मसाथ गरेका छन् उनले । न काम गर्न लाज मान्छन् न कामलाई सानो ठुलो भनेर विभेद गर्छन् ।

2

2

2

उनी अरुलाई पनि आफुबाट केही कुरा सिकुन् र काम गरुन् भन्ने चाहन्छन् । अहिले मासुको विक्री वितरण थालेका नरेन्द्र अव मासुका लागि व्यवसाय गर्ने सोचमा पनि छन् । उनी आफै कुखुरापालन गर्ने तयारीमा रहेका छन् । उत्पादनकर्तासँगै निष्कर्ष मिट मार्टलाई अन्य स्थानहरुमा पनि शाखा खोलेर विस्तार गर्ने योजनामा रहेका छन् । 

4

4