सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट निवासमा कार्यरत भान्सेकी श्रीमतीलाई देखियो कोरोना
2020/08/29, 9:38
 
corona

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ। निवासमा कार्यरत भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। उनका श्रीमानमा भने संक्रमण देखिएको छैन्। उनको परिवार वडा नम्वर ४ मै डेरा गरी बस्दै आएको छ। 

यसअघि मुख्यमन्त्रीका सवारी चालकमा पनि संक्रमण देखिएको थियो भने उनको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित ८३ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो।

मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीका परिवारका सदस्यको समेत कोरोना परीक्षण गरिएको हो।