खोका छाप्रा हटाउन प्रशासनको निर्देशनः गौरीफन्टामा बनाईएका टहरा हटाईदैं
2020/08/30, 9:57
 
corona

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन निर्देशन दिएको छ । सीमा नाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए ।

प्रजिअ खतिवडाले सीमानाकालाई व्यवस्थित बनाउँदै भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका लागि अवैध रुपमा बनाईएका संरचना हटाउन निर्देशन दिएको बताए । यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएकोमा कञ्चनपुर प्रशासनले सुरक्षाकर्मी परिचालन गर्दै आफ्नो मातहत लगेपछि नाकाको व्यवस्थापनमा जुटेको हो । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनपछि गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन थालिएको छ । सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिएपछि स्थानीयले स्वस्फुर्त रुपमा संरचना भत्काउन थालेका हुन ।