
कैलालीमा १७ बर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन । जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
युवतीमाथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36