भारतबाट फर्किएर बेहोस भई मृत्यु भएका पुरुषको रिर्पोट ‘नेगेटिभ’
2020/08/30, 11:58
 
death

भारतबाट धनगढी पुगेर बेहोस भई मृत्यु भएका पुरुषको रिर्पोट नेगेटिभ आएको छ।   भारतको राजस्थानबाट फर्किएर धनगढीमा बेहोस भई मृत्यु भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावलको कोरोना रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उनको रिर्पोट नेगेटिभ आएको बताए।  क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

त्यही उनको मृत्यु भएको थियो। शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका उनी मोहना नदीको पुलमा एक्कासी वेहोस भएका थिए।